नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ लिएका छन् । राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । यसअघि राष्ट्रपति भण्डारीले बुधबार बिहान नेपाली काङ्ग्रेसका सांसद डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन् । कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार