नायिका प्रियंका कार्कीलाई पुत्री लाभ

नायिका प्रियंका  कार्कीले छोरीलाई जन्म दिएकी छिन् । उनले बुधबार छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।
तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयंका तिमीलाई यस संसारमा स्वागत छ’ । नायिका प्रियङ्का र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुन १६ गते विवाह गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार