काठमाडौँमा ढलमा खसेर एक बालक बेपत्ता

काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार