एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । मङ्गलबार ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजावी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो ।

यस्तै महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ ।

चाँदी मङ्गलबार प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार