परराष्ट्रमन्त्री खड्काको शपथ दिउँसो १ बजे, कार्यभार सम्हालेर आजै अमेरिका जाने

परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको शपथ ग्रहण समारोह दिउँसो १ बजे हुने भएको छ । राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । यसअघि राष्ट्रपति भण्डारीले बुधबार बिहान नेपाली काङ्ग्रेसका सांसद डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन् ।कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार