भिक्टोरिया केन्द्र भएर अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

अष्ट्रेलियामा बुधबार ६ म्याग्नेच्युडको भूकम्प गएको छ । बुधबार बिहान स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्ननजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का भिक्टोरियाका साथै सिड्नी, क्यानबेरा र तास्मानियासम्म महसुस भएको अष्ट्रेलियाका सञ्चार माध्यमले जनाएका छन् । ९ बजे गएको भूकम्पपछि अर्को कम्पन पनि महसुस भएको थियो ।

केही ठाउँमा आवासीय घरहरू भत्किएका दृश्यहरू सार्वजनिक भए पनि भूकम्पको क्षतिको विवरण भने नआएको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो । अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ । यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार