बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइयो

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत चौधरीले गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण गरेको थियो ।

आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो । बाघले आक्रमण गरेर लछारेर लगेका चौधरीको तत्कालै उद्धार गरिएको भए पनि उनको तत्काल मृत्यु भइसकेको श्रेष्ठले जानकारी दिए । बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ ।

बाघ नियन्त्रणमा
चौधरीलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएका छन् । चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार