कांग्रेस नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा गठबन्धनका शीर्ष नेताहरु साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार