सरकारको निर्णयअनुसार कुन-कुन राजदूत फिर्ता हुँदैछन् ?

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने छन् ।

हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजदूतलाई फिर्ता बोलाइएको हो । राणा र ओमनकी शर्मिला पराजुली ढकालको समय यसअघि नै सकिएको थियो । तर ओलीले केही समय थपेका थिए । उनीहरुको थपिएको समय यही महिना सकिदैँछ ।

  • युवराज खतिवडा (अमेरिका)
  • नीलाम्बर आचार्य (भारत)
  • महेन्द्रबहादुर पाण्डेय (चीन)
  • लोकदर्शन रेग्मी (बेलायत)
  • प्रतिभा राणा (जापान)
  • डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
  • शर्मिला ढकाल पराजुली (ओमान)
  •  नारदमुनि भारद्धाज (कतार)
  • अञ्जान शाक्य (इजरायल)
  • दावाफूटी शेर्पा (स्पेन)
  • डा. वंशीधर मिश्र (बंगलादेश)
  • उदयराज पाण्डे (मलेसिया)
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार