युवराज खतिवडालगायतका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

त्यस्तै बैठकले कर्णाली कोरिडोर अन्तर्गत सल्लीसल्लाह सिमिकोट खण्डको दुल्लीकुनादेखि लालीबगर सडकखण्डको सात किलोमिटर र लैफुबद्रीगाँउदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटरमा ट्र्याक निर्माण कार्य सेनाबाट गराउन स्वीकृति दिने निर्णय गरेको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय बैठकले गरेको छ भने औषधी ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।  त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डलको पनि गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार