धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन अर्थमन्त्रीलाई

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको चाँजबुझ गर्न बनेको समितिले अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा छानबिन समितिका अध्यक्ष एवं उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले अर्थमन्त्री जनार्दन शर्मासमक्ष प्रतिवेदन बुझाएका हुन् ।

बोर्डका अध्यक्ष ढुंगानामाथि धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याइ बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही  गरेको आरोप लागेको थियो ।

उक्त विषयमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो । छानबिन समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको बतइएको छ ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित एवं सुरक्षित गर्न तथा पुँजी बजारका लगानीकर्ताहरुको लागि सहयोगी हुने मन्त्री शर्माको भनाइ छ ।

साथै सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने  भएकाले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने उनले प्रष्ट पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार