थप १ हजार ३३० जनामा कोरोना पुष्टि, १ हजार ८३० निको भए

नेपालमा मंगलबार थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ६२६ पीसीआर परिक्षणमा १ हजार ३६ र ३ हजार ९९६ एन्टीजिन परिक्षणमा २९४ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ५४ हजारले कोरोना जितेका छन् । यस्तै थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ ।

हाल नेपालमा देशभरमा २१ हजार ५२४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १०७ जनाको भेन्टिलेटरमा, ३३५ जनाको आईसीयूमा उपचार भइरहेको छ । १३६० जना संस्थागत आइसोलेनमा र २० हजार १६४ जना होम आइसोलेसनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार