चीनमा १४ वर्षमुनिका प्रयोगकर्ताले दैनिक ४० मिनेट मात्र टिकटक चलाउन पाउने

चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गरेको हो ।

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

वास्तविक नामबिना बनाइने टिकटकमाथि कसरी निगरानी गरिन्छ भन्नेबारे भने केही खुलाइएको छैन । कम्पनीले युवा उमेर समूहका प्रयोगकर्तालाई लक्षित गरेर विज्ञान, संग्रहालय र प्राकृतिक दृश्यसहितका सामग्रीलाई प्राथमिकता दिने पनि बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार