पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित दुईजना पक्राउ

रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पर्यटकसँग सीमा पार गराउने नाममा घुस लिएको आरोपमा बेलहियास्थित गुजरात ट्राभलका कर्मचारी र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरेको हो ।

पशुपतिनाथ मन्दिर दर्शन गर्ने उद्देश्यले गुजरात ट्राभल्समार्फत बेलहियासम्म आएका ८ जनाको समूहलाई ट्राभल्सका कर्मचारी गुप्ताले प्रहरीलाई घुस दिनुपर्छ भन्दै प्रतिव्यक्ति ५ सय भारुका दरले रकम उठाएका थिए । सो रकम प्रहरीलाई बुझाएर पर्यटकको समूह नेपाल प्रवेश गरेको थियो ।

घटनाबारे प्रहरीमा खबर पुगेपछि गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता र बेलहिया ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्की चन्द्र लोहारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार