त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फर्कियो

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो ।

साथै आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ ।

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम आज स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्य छुम्बी लामाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको बताए । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पार्‍यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको कप्तान मल्लले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार