गर्मी मौसममा स्वस्थ रहन खानुहोस् यी खानेकुरा

पोषणयुक्त खानेकुराविना स्वस्थ हुन सकिंदैन । त्यसैले पोषण पाउनको लागि स्वस्थकर अनि सन्तुलित खानेकुरा खानुपर्छ । खानेकुरामा नुन, चिल्लो र चिनीको मात्रामा ध्यान दिनुपर्छ । साथै कति खान्छौं, त्यसमा पनि विचार पुऱ्याउनुपर्छ । थरीथरीका फलफूल र तरकारी खानुपर्छ ।

प्रशोधन नगरिएको खाद्यान्नमा पोषणतत्त्व र रेसा धेरै हुन्छ । त्यसैले पाउरोटी, पास्ता, चामलजस्ता खाद्यान्न किन्दा प्याकेटको पछाडि लेखिएको जानकारी पढ्नुपर्छ । हामीलाई प्रोटिनयुक्त खानेकुरा पनि चाहिन्छ । त्यसैले अण्डा र बोसो कम भएको मासु थोरै मात्रामा खानुपर्छ अनि सम्भव छ भने हप्तामा दुई पटक जति माछा खानु राम्रो हो ।

चिनी र चिल्लो पदार्थ धेरै मात्रामा खानुभयो भने अत्यधिक वजन बढ्ने खतरा हुन्छ । यस्तो खतरा कम गर्न गुलियो पेय पदार्थको साटो पानी पिउनुहोस् । मिठाईको सट्टा प्रशस्तै फलफूल खानुहोस् । ससेज, मासु, मखन, चीज, कुकिजजस्ता चिल्लो धेरै भएको खानेकुरा कम खानुहोस् । खाना पकाउन घ्यू वा मखन नभई स्वस्थकर तेल प्रयोग गर्नुहोस् ।

धेरै नुन भएको खानेकुरा खाने गर्दा उच्च रक्तचाप हुन सक्छ । तपाईंलाई उच्च रक्तचाप छ भने सोडियमको मात्रा कम गर्न खानेकुरा किन्दा त्यसको पछाडि लेखिएको जानकारी राम्ररी पढ्नुहोस् । तपाईं के खानुहुन्छ, त्यो मात्र होइन कति खानुहुन्छ, त्यो पनि महत्त्वपूर्ण छ । तपाईं स्वाद लिई(लिई खानुहोला तर मीठो छ भन्दैमा भोक मेटिसकेपछि पनि अझ खाने नगर्नुहोस् ।

विषाक्त खानेकुराको खतराबारे पनि विचार गर्नुपर्छ । यदि खानेकुरा राम्ररी पकाइएको छैन वा सुरक्षित तरिकामा राखिएको छैन भने कुनै पनि खानेकुरा विषाक्त हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार असुरक्षित खाना खाएर हरेक वर्ष लाखौं मानिस बिरामी पर्छन्‌ । थुप्रै मानिस निको हुन्छन्‌ तर केहीको भने ज्यानसमेत जान्छ । यस्ता खतराहरू कम गर्न के गर्न सक्नुहुन्छरु

: साग-सब्जीमा मल हालेको हुन सक्छस त्यसैले पकाउनुअघि राम्ररी पखाल्नुहोस् ।

: खाना पकाउनुअघि साबुन र तातो पानीले हात, कटिङ बोर्ड, भाँडाकुँडा र किचेनको काउन्टर सफा गर्नुहोस् ।

: काँचो अण्डा र माछा-मासु राखिएको भाँडा नपखाली त्यसमा अरू खानेकुरा कहिल्यै नराख्नुहोस् ।

: खानेकुरा राम्ररी पकाउनुहोस् अनि तुरुन्तै खानुहुन्न भने बिग्रन सक्ने खानेकुरालाई फ्रिजमा राख्नुहोस् ।

: बिग्रन सक्ने खानेकुरालाई दुई घण्टाभन्दा धेरै समयसम्म सामान्य तापक्रममा राखिएको छ वा ३२ डिग्री सेल्सियसभन्दा धेरै तापक्रममा एक घण्टाभन्दा बढी समय राखिएको छ भने त्यो खानेकुरालाई फ्याँक्नुहोस् । यो बाहेक हामी तपाँईलाई गर्मीमा खानुपर्ने केही कुराको नाम दिन्छौं जसले तपाँईलाई स्वस्थ रहन मद्दत गर्नेछ

गोलभेंडा: गोलभेंडामा एन्टीअक्सिडेन्ट र भिटामिन सी भरपूर पाइन्छ । यसमा लाइकोपीन जस्ता फाइटोकेमिकल पनि हुन्छ जसले क्यान्सर जस्ता रोग लाग्न दिँदैन ।

मकै: गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

रामतोरिया: गर्मीमा रामतोरिया अवश्य खानुस् । यसमा भएको फाइबरले मुटुलाई स्वस्थ राख्छ । कोलेस्ट्रोल पनि यसले घटाउँछ ।

दही: प्रोटीनले भरपूर दही गर्मीमा तपाईंलाई ठन्डा राख्छ । यो खाएपछि धेरै बेरसम्म भोक लाग्दैन । यसको प्रोबायोटिक्सले पाचनतन्त्रलाई सही राख्छ ।

खरबुजा: खरबुजाले शरीरलाई ठन्डा राख्न र डिहाइड्रेसन हटाउन मद्दत गर्छ । खरबुजामा पानी व्यापक मात्रामा हुन्छ र छिटो भोक लाग्न पनि दिँदैन । यसको लाइकोपीनले छालालाई घामबाट हुने क्षतिबाट पनि जोगाउँछ ।

ब्ल्याकबेरी र र्‍यास्पबेरी: बेरीहरू फाइबरको राम्रो स्रोत हुन् । यिनमा भिटामिन सी भरपूर हुन्छ । एक कप बेरीमा आठ ग्राम फाइबर हुन्छ ।

स्याउ र नास्पाती: यी दुवै फलमा फाइबर भरपूर हुन्छ । यसलाई नताछिकन बोक्रैसमेत खाँदा बढी पोषक तत्त्व पाइन्छ । खानुअघि यिनलाई मज्जाले धुनुस् ।

ग्रीन टी: गर्मीमा ग्रीन टीले तरोताजा राख्न मद्दत गर्छ । यसले क्यान्सरसँग लड्न, मुटुरोगको जोखिम घटाउन, कोलेस्ट्रोल घटाउन र मेटाबोलिजमलाई सही राख्न मद्दत गर्छ । तातो नसके चिसो भए पनि ग्रीन टी पिउनुस् ।

ड्राई फ्रुट्स: गर्मीको मौसममा बदाम, काजु र छोकडामा मोनोअनस्याचुरेटेड र पोलीअनस्याचुरेटेड फ्याट हुन्छ । यसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार