पोखरामा विद्यालयको पर्खालले च्यापिएर एक युवकको मृत्यु

पोखरामा विद्यालयको पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

भारतको वेतिया बसन्तपुर घर भइ पोखरा १३ मियापाटनमा बस्ने अन्दाजी २० वर्षीय रितेश रामको पर्खाल भत्काउने क्रममा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा-१३ बाझापाटनमा रहेको बालकल्याण माध्यामिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा च्यापिएर रामको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार घटनामा गम्भीर घाइते भएका रामलाई तत्कालै पोखराको मणिपाल अस्पतालमा लगिएकोमा चिकत्सकले उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार