अझै रोकिएन पाटे बाघको आक्रमण

बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ ।

चैत १५ गते मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको जनकनगरका ३५ वर्षीय चुलाराम थारूलाई बिहान पाटे बाघले आक्रमण गर्यो । बाघको आक्रमणबाट थारुको गर्दन, टाउको र ढाडमा गम्भीर चोट लागेको छ । यस्तै गरी असारयता खाता जैविकमा पर्ने एउटा वडाको ५, मध्यवर्ती क्षेत्रका ३, निकुञ्जभित्र राजमार्गमा १ को गरी ६ महिनामा नौ जनालाई पाटे बाघले मारेको छ ।

लगातार घटना घट्दा निकुञ्ज प्रशासन र मातहतका संस्थाको लापरबाहीले बाघ र मानिस दुवै असुरक्षित भएको पुष्टि गरेको छ । तीन महिनाअघि देखि मान्छे खाने बाघ नियन्त्रण लिन दौड भाग गरिरहेको निकुञ्ज विभागको प्रगति शुन्य बराबरको पुष्टि भएको छ ।

एउटा बाघलाई मान्छे खाने बाघ भनेर नियन्त्रणमा लिए पनि मान्छेमाथि आक्रमण जारी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार