थप १ हजार ९५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा सोमबार थप १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ७८६ पीसीआर परिक्षणमा ९७५ र ३ हजार ३१ एन्टीजिन परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ५२ हजार १७० जनाले कोरोना जितेका छन् । यस्तै थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४८ पुगेको छ ।

हाल नेपालमा देशभरमा २२ हजार ३२३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १०८ जनाको भेन्टिलेटरमा, ३७१ जनाको आईसीयूमा उपचार भइरहेको छ । १४३२ जना संस्थागत आइसोलेनमा र २० हजार ८९१ जना होम आइसोलेसनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार