दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले दल विभाजन सम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताए । हालसम्म मन्त्रालयको बाँडफाँड नभएको पनि उनले जानकारी दिएका छन् ।

उनले भने ‘पहिलो कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन । दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन्छ । र त्यो खारेज हुन बित्तिकै मन्त्रिपरिषद्क विस्तार हुन्छ, सरकारले पूर्णता पाउँछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार