पार्टीलाई धोका दिएकै कारण ओली बालुवाटारबाट बालकोट पुगे : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदका लागि झुट बोल्न सिपालु भएकै कारण केपी ओली सरकारबाट हट्न बाध्य भएको बताएका छन् ।  सोमबार माओवादी कार्यालयमा आयोजित सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा प्रचण्डले पदका लागि नै पार्टीलाई धोका दिएकै कारण नै ओली बालुवाटारबाट बालकोट जानुपरेको बताएका हुन् ।
बालुवाटारबाट बालकोट जाँदा पैसा खर्च गरेर पञ्चेबाजा बजाइएको आरोप लगाउँदै प्रचण्डले ओली नाटक गर्न निकै सिपालु गरेको तर्क गरे । उनले पार्टीभित्रको झगडाले ओलीले निर्ममतापूर्वक प्रतिनिधिसभाको विघटन गरेको र ओलीसँग सङ्गत गर्दा जलन भएको उल्लेख गरे । उनले राष्ट्र र जनताप्रति निष्ठावान् हुँदै पार्टीलाई अघि बढाइने धारणा ब्यक्त गरेका छन् ।
उनले एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार माओवादीमा प्रवेश गर्न नदिइने प्रतिवद्धता जनाए । गठबन्धनलाई टुटाउने षडयन्त्र भएकाले सबै षडयन्त्रलाई असफल बनाउने उनको भनाई छ । प्रचण्डले नेपालको परिवर्तनमा ज्यान आहुति गर्ने सहिदहरू र अग्रजहरू पार्टीका लागि गर्वको विषय भएको बताएका छन् ।
Loading...