लोकसेवाले शाखा अधिकृतको नतिजा सार्वजनिक नगरेको विरोधमा प्रदर्शन

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका छन् ।

सोमबार लोकसेवा आयोगको कार्यालय अगाडि ६ सय ३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशनको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरूले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन् ।

अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गर्दा आफूहरूलाई मर्का परेको परीक्षार्थीहरूले जनाएका छन् ।

परीक्षार्थीले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् । प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए ।

परीक्षार्थीले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार