दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ । छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ । तेजावी सुन आइतबार ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थियो ।

Loading...