संखुवासभा सामूहिक हत्याकाण्ड : ५ जनाको योजनामा यसरी भएको थियो घटना

हत्याको कारण तेजकुमारको हेपाहा प्रवृत्ति

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका चारै जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेज तेजकुमार कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन घटनास्थल पुगेको हो ।
घटनाबारे थप अनुसन्धान गर्ने शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताए। पक्राउ परेका चारै जना मृतक तेज तेजकुमारका छिमेकी हुन् ।

यसरी भएको थियो कार्की परिवारको हत्या : 

  • घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटना अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की नरेश कार्कीसमेत बसी बनाएको । योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।
  • घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको । योजना अनुसार मृतक तेजकुमार कार्की विहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेज कुमार कार्कीको घरमा गई “लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु” भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा बसेको ।
  • मृतक तेज कुमार कार्की विहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निम्बित गई गुनि रहेको लोक बहादुर लाई “अल्छि अझै सम्म उठेको छैनस्” भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाई नरेश कार्की रण बहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोक बहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकीपछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।
  • घटनाको वेला मृतकले “लोकेले मार्यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज बहादुरको श्रीमति र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रंजनानरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक बहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको । उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले वाटो छेकी मुख थुनि लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।
  • तत्पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको। फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको । पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।
  • घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।

घटना घटनुका कारणहरु:

अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेजकुमारले ‘तं जड्याहा किन यसो गर्छस” भनि गालि र खड्ग बहादुरले पनि “तलाई के मतलव तलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई “तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस भन्ने नरेशलाई “तं डुडे काम नलाग्ने भईस” भन्ने र रण बहादुरलाई समेत “तं लठेब्रो केही गर्ने सक्दैनस भन्ने गरेको, जहिले पनि हेत्रे र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको ।

पक्राउ परेका अभियुक्तहरू

१. लाल बहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार)

२. खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की

३. लाल बहादुर कार्कीको छोरा वर्ष ४९ को रण बहादुर कार्की

४. रण बहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की

संखुवासभा हत्या: थप चार जना अनुसन्धानमा तानिए

सङ्खुवासभा हत्या: लोकबहादुरका भाइको साथमा भेटियो मृतक रञ्जनाको मोबाइल

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्ने लोकबहादुरलाई प्रहरीले गर्‍यो सार्वजनिक

प्रतिकारमा उत्रिएकाले ६ जनाकै हत्या गरेको बयान

खेत गोड्ने खेताला जाने विषयमा विवाद हुदाँ परिवारकै हत्या

संखुवासभामा ६ जनाको विभत्स हत्या गर्नेको पहिचान, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

हत्याराको नजिक प्रहरी, हम्बर र रगत लत्पतिएको कपडामाथी अनुसन्धान

संखुवासभा हत्यामा ५ दिनको अनुसन्धान, शंकास्पद छिमेकीको डिएनए संकलन

घरमै लखेटी-लखेटि ६ जनाको हत्या हुँदा बौद्धमानले पाएनन् पत्तो

संखुवासभा हत्या : चार ठाउँमा भेटियो ६ जनाको शव

सङ्खुवासभा हत्या: दुई छोरा विदेश, तराईमा बस्ने कान्छी बुहारी बाँचिन्

संखुवासभा हत्या घटना: हत्याराले दुई नाबालक सँगै ८० वर्षीया वृद्धालाई समेत छाडेनन्

संखुवासभा हत्याः ६ जनाकै शव उठ्यो, अनुसन्धानका लागि सीआईबीको टोली घटनास्थलतर्फ

संखुवासभा हत्या : घटनास्थल पुगेको प्रहरीले बिहानदेखि अनुसन्धान थाल्यो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार