एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसााद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताए ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ । गत भदौ २५ गते प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

Loading...