प्रतिनिधिसभाको बैठक आज बस्दै, एमाले अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने तयारी

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि बोलाइएको छ ।

पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग सहमति खोज्ने प्रयास यो बीचमा हुन सकेन ।

सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आयोजना गरेकोमा एमाले सहभागी नै भएन । त्यसपछि अवरोध खुलाउने प्रयास भएको छैन । विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।

सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । ‘प्रतिपक्षले संसदमा नाराबाजी गरे पनि बजेट पारित गर्न अब सरकारले ढिलाई गर्दैन’, सत्तारुढ दलका एक नेताले भने । आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार