कांग्रेस महाधिवेशन : १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको हो । बाँकी जिल्लामा भने त्यसपछि मात्रै वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

‘५ भदौमा ७ जिल्लामा वडा अधिवेशन हुन्छ, १३ जिल्लामा त्यसपछि हुन्छ, बाँकी हुने जिल्लामा निर्वाचन समितिले नै वडा अधिवेशनको मिति तय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले बताए । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लामा ५ भदौपछि मात्रै वडा अधिवेशन हुने बताए । कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा.मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो ।

सो कार्यदलले आइतबार सबै जिल्लाको सदस्यता विवाद समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई बुझाइसकेको छ ।

अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने छ । राचजधानी दैनिकबाट

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार