दाङमा २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

आइतबार बिहान दाङमा एउटी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको दंगीशरण गाउँपालिका–७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार