२४ घण्टामा ७३४ जनामा कोरोना पुष्टि, १ हजार ४१३ संक्रमणमुक्त

नेपालमा आइतबार थप ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ३०४ पीसीआर परिक्षणमा ६५६ र २ हजार ७०९ एन्टीजिन परिक्षणमा ७८ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ४९ हजार २१३ जनाले कोरोना जितेका छन् । यस्तै थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।

हाल नेपालमा देशभरमा २४ हजार ३१३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११७ जनाको भेन्टिलेटरमा, ३९० जनाको आईसीयूमा उपचार भइरहेको छ । १४४९ जना संस्थागत आइसोलेनमा र २२ हजार ८६४ जना होम आइसोलेसनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार