यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

आइतबार सातौं संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यसै अवसरमा सैनिक मञ्च टुँडिखेलमा पनि संविधान दिवस मनाइएको छ । आइतबार विशेष समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितिमा दिवस मनाइएको हो ।

समारोहमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो । तर उपराष्ट्रपति नन्दबहादुर पुन भने उपस्थित थिएनन् ।

समारोहका अवसरमा नेपाली सेनाले पुष्पवृष्टि तथा मार्च पास गरेको थियो । यसपटक झाँकी भने देखाइएन । कोरोना महामारीका कारण झाँकी नदेखाइएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ ।

विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । संविधान निर्माणको ६ वर्ष पूरा भएको उपलक्ष्यमा सरकारले असोज २(४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रमको आव्हान गरेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार