मेची खोलाले बगाएर ३५ वर्षीया राजवंशीको मृत्यु

झापामा मेची खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । शनिबार राति १ बजे भारतबाट सामान बोकेर खोला तर्ने क्रममा ३५ वर्षीया कमला राजवंशीको मृत्यु भएको हो ।

राजवंशीसँगै खोला तरेका अन्य दुई जना भने सकुशल रहेको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डीएसपी सुनिल दाहालले जानकारी दिए । कमलाको शव आइतबार बिहान भारतीय भू-भागतर्फ पर्ने नदी किनारमा भेटिएको डीएसपी दाहालले बताए ।

भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार