थप १ हजार ६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ५४० पीसीआर परिक्षणमा ८३५ र २ हजार ८१८ एन्टीजिन परिक्षणमा २३१ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २३४ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ४७ हजार ८ सय जनाले कोरोना जितेका छन् । यस्तै थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ ।

हाल नेपालमा देशभरमा २५ हजार ८२ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १२१ जनाको भेन्टिलेटरमा, ३८९ जनाको आईसीयूमा उपचार भइरहेको छ । १४४६ जना संस्थागत आइसोलेनमा र २३ हजार ६३६ जना होम आइसोलेसनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार