टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु

नेपालको लागि टिभिएसटू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. लेआजबाट दशैं एक्सचेन्ज मेलाको प्रारम्भ गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने उक्त मेला आजको मितिबाट असोज ६ गतेसम्म अर्थात ६ दिनका लागि आयोजना हुनेछ ।

यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजार रुपैयाँसम्म मुल्याङ्कन पाउनेछन् ।

त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसके पछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानुपर्ने हुन्छ। यसैगरी शुन्य प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ ।

यस अफरमा प्रि-बुकिङले मात्र पनि ग्राहकहरुको लागि दुई हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ई.एम्. आइ अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम ई.एम्. आइको सुरुवाती दर ५ हजार ९९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् ।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान ई.एम्. आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ ।त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरे मात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्नेछन् ।

यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका छन् । उनले उद्घाटन गर्ने क्रममा भने, ‘टिभीएसले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ । नेपालीहरुको महान चाड वडादशैँको मुखमा आउन आँटेको यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ वडादशैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार