तोलामा १४ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको छ ।

बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको आजको मूल्य ८९ हजार एक सय रुपैयाँ छ ।

यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १ हजार २ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार १ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार