माधव नेपालले भने – यो हप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । आज नयाँ बानेश्वरस्थित आलोकनगरमा केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एक साताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् । ‘हामीले पार्टी गठन गरिसकेका छौं, सरकारमा जान कुनै समस्या छैन,’ उनले भने, ‘आज भने आज भोलि भने भोलि सरकारमा जान तयार छौं ।’

उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए । त्यस्तै नेपालले यथास्थितिमा एमसीसी अघि नबढ्ने प्रस्ट पारेका छन् । उनले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको पनि जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार