आईसीसी विश्वकप क्रिकेटः आज नेपालले अमेरिकासँग दोस्रो खेल खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ ।

ओमानको अल अमिरात मैदानमा खेल दिउँसो सवा ४ बजे सुरु हुँदैछ । गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

आज पनि जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रने छ । सोमबार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार