कोरोना अपडेट: थप १७६ जनामा संक्रमण, ११७ जना निको

नेपालमा आइतबार थप १७६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिललो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ११७ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७३ हजार २४० जनाले कोरोना संक्रमणलाई जितेका छन् । नेपालमा हाल १ हजार ६७२ जना आइशोलेशन र ५७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ८५ हजार २८८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार