विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १३ करोड ८८ लाख ५० हजार रकम बराबरको सेयर सर्वसाधारणमा निष्कासन  गर्न लागेको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका १३ लाख ८८ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्नेछ। कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त नियुक्ती सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । कम्पनीले गोरखाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार