नबिल बैंकको दशैं लक्षित अफर, मुद्दतिमा ९.२६ प्रतिशत ब्याजदर

नबिल बैंकले दशैं लक्षित आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंकले अफर अन्तर्गत मुद्दति निक्षेपमा ९.२६ प्रतिशत व्याजदर दिने भएको छ ।

गत वर्ष पनि दशैंमा बैंकले आकर्षक योजना ल्याएको थियो । गत वर्षको अपार सफलता पछि यस वर्ष पनि निक्षेपमा आकर्षक व्याजदर योजना ल्याएको बैंकले जनाएको छ ।

‘दशैंमा नबिलको उपहार फिक्स डिपोजिटमा उत्कृष्ट व्याजदरको बहार’ नाम दिएको यस अफर अन्तर्गत एक वर्ष भन्दा बढी अवधिको निक्षेप राख्नेले यो सुविधा पाउनेछन् भने यो व्यक्तिगत ग्राहकका लागि ल्याएको अफर हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार