वर्तमान सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन : टोपबहादुर रायमाझी

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरूको गठबन्धनको संज्ञा दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताए । संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरूको माग भएको उनको भनाई छ । रायमाझीले आफ्नो पार्टीले उठाएका माज पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पारेका छन् ।
एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरूको धारणा आउने उनले बताए । उनले एमाले र माओवादी केन्द्रबिच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे । नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको र तीन वर्षसम्म सबै ठिकठाक चलेको उनले बताएका छन् ।
उनले संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि जिकिर गरे ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार