नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ नाघ्यो

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११हजार नाघेको छ । बिहीबार थप ११ जनाको मृत्यु भएसँगै ११ हजार २ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् । यस्तै बिहीबार थप १ हजार ५ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार २ सय ८ पिसिआर परीक्षणका क्रममा १ हजार १ सय ६५ र ३ हजार ९ सय ७१ एन्टीजेन परीक्षणका क्रममा ३ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ७० हजार १७६ पुगेको छ ।

त्यस्तै थप १ हजार ८९ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४५ हजार २ सय १५ सङ्क्रमित निको भएका छन् । हाल २५ हजार ७७२ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार