शाक्यले नेपाललाई भनिन्- तपाईंले लिएको बाटो ठिक छैन, फर्केर आउनुस्

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएकी हुन् ।

‘माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ’, उनले भनिन् ।

उनले गुटबन्दीले नेकपा एमाले कमजोर हुँदै गएको बताएकी छन् । एमाले रुपान्तरित हुन जरुरी रहेको बउनको भनाई छ । शाक्यले भनिन्, एमाले रुपान्तरित हुन जरुरी छ, हुने कि नहुने ?’

उनले सिंगो नेकपा एमाले सुदृढ गर्न समीक्षा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी गुटबन्दीको सिकार भयौं । त्यसको अन्त्य गरौं । त्याग र बलिदानको फल हो एमाले । जनजन र मनमनमा एमाले छ । फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार