राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारीलाई भेट्न अध्यक्ष ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच एमालेको सङ्कट, राजनीतिक अस्थिरता र अन्य विभिन्न विषयमा छलफल भएको बुझिएको छ। यसअघि प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार