युरोपेली संघले गरीब देशहरुलाई थप २० करोड डोज कोरोना खोप सहयोग गर्ने

युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् ।

युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीब राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गरकी हुन् ।

उनले गरिब राष्ट्रहरुलाई थप २० करोड डोज खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिँदै सन् २०२२ को मध्यसम्ममा खोप उपलब्ध गराइसक्ने बताए ।

अध्यक्ष भानले गरिब देशहरुलाई गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने पनि बताइन् ।

युरोपेली संघले यो योजनामा सहयोग गर्न धनी र शक्तिशाली राष्ट्रहरुलाई अपील समेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार