चीनको बढ्दो प्रभाव रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाको मोर्चाबन्दी

विश्वका शक्तिशाली देशहरू अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सुरक्षा कार्यक्रम गर्ने सहमति जुटाएका छन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव कम गर्ने उद्देश्यले यस्तो सहमति गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्यमार्फत सार्वजनिक गरिएको यो सम्झौतालाई ‘औकस’ नाम दिइएको छ ।

यो सहमतिको मुख्य उद्देश्य चिनको बढ्दो सैन्य प्रभाव मत्थर पार्नु रहेको बुझिएको छ । यो कार्यक्रम संयुक्त सैन्य क्षमता विस्तारमा केन्द्रित हुनेछ । सहमति अनुसार अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक क्षमताको पनडुब्बी निर्माण गर्न सहयोग गर्नेछन् ।

अष्ट्रेलियाले आणविक क्षमताको पनडुब्बी बनाउन लागेको यो पहिलो अवसर हो । साथै साइबर सुरक्षा, प्रतिआतंकवाद र आधुनिक प्रतिरक्षा प्रणालीमा पनि तिन देशले मिलेर काम गर्ने भएका छन् । चीनले यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार