प्रधानमन्त्री देउवाबाट भूमि आयोगका अध्यक्षलाई शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उनलाई शपथ गराएका हुन् । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए ।

शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिएका थिए । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार