प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका छन् । बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख सोमनाथ अधिकारीसँग नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतले सपथ लिएका हुन् ।

मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार