१२ जिल्लाका सीडीओ फेरिए, ३ मन्त्रालय तानिए (सूचीसहित)

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जनालाई जिल्लामा सरुवा गरिएको हो भने ३ जनालाई मन्त्रालयमा तानिएको छ ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुन् । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । उनी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार