आगामी चुनावमा माओवादीले वडा पनि जित्दैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा माओवादीले वडा पनि नजित्ने दाबी गरेका छन् । बुधबार बुटवलमा आयोजित सभामा उनले यसअघि आफ्नो पार्टीले सहयोग गरेर केही सिट जितेको भन्दै अव वडा पनि नजित्ने दाबी गरेका हुन् । ओलीले अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने बताए ।
नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गरे । ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा काँग्रेस पुगेको टिप्पणी पनि गरेका छन् । उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी गर्दै चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको जिकिर गरे ।
त्यस्तै उनले एमाले नेतृत्वको सरकारले मुलुकको विकासका लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले सिन्को पनि भाँच्न नसकेको टिप्पणी गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार