अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् विस्तार

दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले बुधबार दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् ।

यस्तै आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी र उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेतलाई नियुक्त दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट शपथग्रहण तयारी भइरहेको छ ।

एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका १० जना प्रदेश सांसदले आइतबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारमा समर्थन नरहने पत्र दर्ता गराएका छन् । उनीहरुको पत्रले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

निर्वाचन आयोगको पत्रले ९२ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सदस्यसहित कायम रहेको एकल बहुमत गुमाएको छ ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ । तर मुख्यमन्त्री आचार्यले विश्वासको प्रस्ताव नराखी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार